- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । आहा रारा गोल्डकप फुटबलले नयाँ च्याम्पियन पाएको छ । विभागीय टिम सशस्त्र प्रहरीको एपीएफले पहिलो पटक उपाधि जितेको हो । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै एपीएफले उपाधि जित्यो ।
छ पटकको च्याम्पियन मनाङलाई टाइब्रेकरमा ५–४ ले हराउँदै एपीएफले उपाधि जितेको हो । निर्धारित र अतिरिक्त समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरका आधारमा निर्णय भएको हो ।
एपीएफका नविन लामा, सनिस श्रेष्ठ, रवि थिङ, मणी लामा, अर्मान्ड बिडोम पेनाल्टी सुटआउटमा सफल बने ।
मनाङको तर्फबाट फ्रेङ्कलिन टाला, दयानन्द सिंह, शिव गुरुङ, रुपेश केसीले गोल गरेका थिए ।
यसअघि २० औं मिनेटमा युवराज खड्काले विभागीय टिम एपीएफलाई अग्रता दिलाए । ६७ औं मिनेटमा दयानन्द सिंहले मनाङका लागि बराबरी गोल फर्काए ।
खेल सकिन ६ मिनेट बाँकी छँदा फ्रेंकलिन टालाले गोल गर्दै मनाङलाई जित नजिक पुर्याए पनि इन्जुरी समयको पहिलो मिनेटमै एपीएफका रविले गोल गर्दै अतिरिक्त समयतर्फ धकेले ।
उपाधिसहित एपीएफले १० लाख रुपैयाँ हात पारेको छ । उपविजेता मनाङले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।