arrow

अफ्रिका कप अफ नेसन्सः क्यामरुन र बुर्किना फासो सेमिफाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १६ आइतबार
football-cameroon-2022.jpg

काठमाडौं । आयोजक क्यामरुन अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको क्वार्टरफाइनलमा गाम्बियालाई २–० ले हराउँदै क्यामरुन अन्तिम चारमा पुगेको हो । क्यामरुनलाई जिताउन दुवै गोल कार्ल टोको इकाम्बीले गरे ।  

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा कार्लले पहिलो गोल गरे । त्यसको सात मिनेटमै दोस्रो गोल गरे । 

त्यस्तै बुर्किना फासो पनि सेमिफाइनलमा प्रवेश गरेको छ । ट्युनिसियालाई १–० ले हराउँदै बुर्किना अन्तिम चारमा पुगेको हो । बुर्किनालाई जिताउन डाङ्गो क्वाटराले निर्णयाक गोल गरे । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका हुन् ।

आज राति दुई क्वार्टरफाइनल
आज राति दुई क्वार्टरफाइनल खेल हुनेछन् । पहिलो क्वार्टरफाइनलमा राति ८ः४५ बजे इजिप्ट र मोरक्को खेल्नेछन् । 

त्यस्तै दोस्रो क्वार्टरफाइनलमा राति १२ः४५ बजे सेनेगल र इक्वेटोरियल गिनी खेल्नेछन् । 

यो खेलपछि सेमिफाइनल समीकरण पूरा हुनेछ ।

सेमिफाइनलमा क्यामरुनले इजिप्ट र मोरक्कोबीचको विजेतासँग खेल्नेछ भने बुर्किनाले सेनेगल र इक्वेटोरियल गिनीबीचको विजेतासँग खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ