arrow

अदालतमा संक्रमण फैलिएपछि

logo
राम धामी,
प्रकाशित २०७८ माघ १६ आइतबार
ddl-court.PNG

डडेल्धुरा । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै डडेल्धुरा जिल्ला अदालतले सेवा सङ्कुचन गरेको छ । डडेल्धुरा जिल्ला अदालतले आइतबार सूचना जारी गर्दै अदालतमा कार्यरत चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकाले अर्को सूचना जारी नभएसम्मका लागि सेवा सङ्कुचन गरिएको जनाएको छ । 

डडेल्धुरा जिल्ला अदालतका श्रेष्तेदार रामु शर्माले बन्दी प्रत्यक्षीकरण, १५५ नं. सँग सम्बन्धित निवेदन र कोभिड –१९ सँग सम्बन्धित रिट निवेदन तथा निवेदनहरू दर्ता र सुनवाइ गर्ने, म्याद थप, पक्राउ पुर्जी, जरुरी पक्राउ पुर्जी स्वीकृति र अनुमति प्रदान गर्ने, सरकारी फौजदारी मुद्दाहरूको अभियोग पत्र दर्ता, बयान र थुनछेक आदेश गर्ने, घरेलु हिंसा सम्बन्धी मुद्दाहरूको फिराद दर्ता, डिसमिस, मुद्दा फिर्ता, तामेली, मिलापत्र, कसुर ठहर भई सजाय निर्धारण हुन बाँकी मुद्दाहरू सुनवाइ गर्ने र हदम्याद गुज्रन सक्ने फिराद तथा उजुरीहरू र प्रतिउत्तर मात्र दर्ता गर्ने गरि अन्य नियमित सेवाहरू सङ्कुचन गरिएको जानकारी दिए ।

यसै गरी अर्को सूचना प्रकाशन नभएसम्म सोमबारदेखि पेशीमा चढेका मुद्दाहरू स्वतः स्थगित हुने र तारेख नगुज्रने डडेल्धुरा जिल्ला अदालतद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । 

कर्मचारीमा कोरोना पुष्टि भएसँगै बैतडी र बझाङ जिल्ला अदालतले पनि सेवा स्थगन गरिसकेका छन् । कर्मचारीमा कोरोना देखिएपछि सुदूरपश्चिम प्रदेशमा रहेका थुप्रै सरकारी कार्यालयहरूले हाल सेवा स्थगन गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ