arrow

इजिप्ट र सेनेगल सेमिफाइनलमा, यस्तो बन्यो फाइनल पुग्ने समीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १७ सोमबार
football-egypt-2022.jpg

काठमाडौं । इजिप्ट र सेनेगल अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । आइतबार राति भएको क्वाटरफाइनलमा मोरक्कोलाई हराउँदै इजिप्ट र इक्वेटोरियल गिनीलाई हराउँदै सेनेगल सेमिफाइनलमा पुगेको हो । 

योसँगै फाइनल पुग्नका लागि सेमिफाइनल समीकरण पनि पूरा भएको छ । सेमिफाइनलमा इजिप्टले आयोजक क्यामरुनसँग र सेनेगलले बुर्किना फासोसँग खेल्नेछ । क्वार्टरफाइनलमा क्यामरुनले गाम्बियालाई २–० ले तथा बुर्किना फासोले ट्युनिसियालाई १–० ले हराएको थियो । 

इजिप्ट र मोरक्कोबीचको खेल
इजिप्टले मोरक्कोलाई अतिरिक्त समयमा २–१ ले हरायो । खेलमा अग्रता भने मोरक्कोले लियो ।

रोमान्चक बनेको खेलको छैटौं मिनेटमा सोफियन बाउफलले पेनाल्टीमा गोल गर्दै मोरक्कोलाई अग्रता दिलाए । 

५३ औं मिनेटमा कप्तान मोहम्मद सलाहले गोल गर्दै इजिप्टलाई १–१ गोलको बराबरीमा ल्याए ।

निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलियो । 

अतिरिक्त समयको सयौं मिनेटमा महमुद अहमेद इब्राहिम हसनले गोल गर्दै इजिप्टलाई २–१ ले जिताए । 

सेनेगल र इक्वेटोरियल गिनीबीचको खेल
सेनेगलले ३–१ को सहज जित निकाल्यो । २८ औं मिनेटमा फामराले गोल गर्दै सेनेगललाई शुरुआती अग्रता दिलाए ।

५७ औं मिनेटमा जानिक बुयलाले गोल गर्दै गिनीलाई १–१ गोलको बराबरीमा ल्याए ।

६८ औं मिनेटमा चिखोउ कौयाटेले गोल गर्दै सेनेगललाई २–१ को अग्रता दिलाए ।

७९ औं मिस्माइला सारले गोल गर्दै सेनेगललाई ३–१ ले जिताए ।

सेमिफाइनल खेल
पहिलो सेमिफाइनल खेल २ फेब्रुअरी राति १२ः४५ बजे बुर्किना फासो र सेनेगलबीच हुनेछ । 

दोस्रो सेमिफाइनल खेल ३ फेब्रुअरी राति १२ः४५ बजे क्यामरुन र इजिप्ट खेल्नेछन् । 

तेस्रो स्थानका लागि ६ फेब्रुअरीको राति २१ः४५ बजे र फाइनल राति १२ः४५ बजे हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ