arrow

मिडिया एक्सन नेपाल मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कको सदस्य 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १७ सोमबार
media-action-nepal-logo.jpg

काठमाडौं । मिडिया एक्सन नेपाल मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कको सदस्यमा चयन भएको छ । नेटवर्क प्रेस स्वतन्त्रता र मिडिया विकासका क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय  संस्थाहरूको समूह हो जसले मिडिया फ्रिडम कोलिसनको काममा सल्लाह दिन्छ ।

नेटवर्कमा मिडिया एक्सन नेपालको चयनबारे जानकारी दिँदै अध्यक्ष लक्ष्मणदत्त पन्तले मिडियाले  स्वतन्त्र र निर्भिक रुपले काम गर्ने  वातावरण  बनाउन विश्वका सरोकारवालाहरूले मिलेर मिडिया अधिकार उल्लंघनका घटनामा दण्डहीनताको विषयलाई सम्बोधन गर्न आवश्यक रहेको बताए । 

उनले मिडिया एक्सन नेपाल व्यापक नागरिक समाज र मिडिया अधिकारको परिप्रेक्ष्य प्रस्तुत गर्दै कन्सल्टेटिभ नेटवर्कमार्फत मिडिया फ्रिडम कोलिसनलाई सहयोग प्रदान गर्न तयार रहेको बताए ।  

मिडिया एक्सन २२वटा सदस्यहरू रहेको नेटवर्कमा नेपालको पहिलो र दक्षिण एशिया क्षेत्रबाट प्रतिनिधित्व गर्ने दोस्रो संस्थासमेत बनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ