arrow

डडेल्धुरा जिल्लामा 'स्मार्ट लकडाउन' शुरु

logo
राम धामी,
प्रकाशित २०७८ माघ १७ सोमबार
dadheldhura-cdo-office-ddl.jpg

डडेल्धुरा । कोरोना महामारी संक्रमण बढ्न थालेपछि डडेल्धुरा जिल्लामा सोमबार राति १२ बजेदेखि स्मार्ट लकडाउन सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सोमबार सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि स्मार्ट लकडाउन सुरु गरिएको जनाएको छ । 

कोरोना महामारीको संक्रमण रोक्न स्मार्ट लकडाउन शुरु गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । 
कोभिड-१९ को बढ्दो जोखिमलाई मध्यनजर गरेर यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस एवम् गृह मन्त्रालयको निर्णय र सङ्क्रामक रोग ऐन २०२० को दफा-२ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन २०२८ को दफा- ६ को उपदफा-३ ले दिएको अधिकार प्रयोग गरी स्मार्ट लकडाउन गरिएको हो ।

जिल्लामा सञ्चालनमा रहेका नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, पटके हाट बजार र मानिसहरूको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रमहरू माघ मसान्तसम्म सञ्चालन नगर्न स्थानीय प्रशासनद्वारा जारी आदेशमा भनिएको छ । 

विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा माघ मसान्तसम्म भौतिक रूपमा उपस्थितिमा सञ्चालन नगर्ने र त्यस्ता शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरू अपनाइ सञ्चालन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी जोशीद्वारा जारी आदेशमा उल्लेख गरिएको  छ । 

विद्यालय, कलेजका पूर्व निर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षालगायतका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्ने नेपाल सकारकारको पुस ३० गतेको आदेश बमोजिम गर्न प्रशासनले जारी गरेको आदेशमा जनाइएको छ । 

अन्य गतिविधिहरूका सम्बन्धमा पुस २८ गते जारी आदेश बमोजिम हुने जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ