धार्चुला र दार्चुला जोड्ने पुल बन्दै, भारत र नेपालबीच सम्झौता
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १८ मंगलबार
799
Shares
काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा महाकाली नदीमा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने गाडी गुड्ने पुलको निर्माणका लागि भारत र नेपालबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
मङ्गलवार नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवको उपस्थितिमा सो सम्झौता पत्रमा हस्ताक्षर गरे ।
उक्त परियोजनाले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटीलाई सुदृढ बनाउनुका साथै दुवै तर्फको सीमा समुदायबीच रहेको जनता–जनताबीचको सम्पर्कलाई थप मजबुत बनाउनेछ ।
यो परियोजना वाणिज्य, सांस्कृतिक तथा जनता–जनताबीचको सम्बन्धलाई सुव्यवस्थित बनाउन दुई देशका सरकारले प्राथमिकताका साथ अघि सारेको सीमापार कनेक्टिभिटी अनुरूप रहेको छ । पुलको निर्माण चाँडै शुरु गर्ने योजना रहेको बताइएको छ ।