arrow

मेनपावर व्यवसायीबाट संचारकर्मी कुटिए, अनलाइन टीभी पत्रकार संघको आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १९ बुधबार
online-tv-journalist-association.jpg

काठमाडौं । काठमाडौंको सामाखुसीस्थित ट्रिपल स्टार मेनपावरमा मंगलबार सञ्चारकर्मीहरूमाथि भएको कुटपिटको घटनाप्रति अनलाइन टीभी पत्रकार संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

संघले अन्यायका विरुद्धमा आवाज उठाइदिनु, सरोकारवालाहरूको ध्यानाकर्षण गराउनु सञ्चारमाध्यमको प्रमुख धर्म भएको स्मरण गराउँदै संघले त्यही धर्म निभाउँदा प्रक्रिया र तरिका नमिलेमा कानूनी उपचारको बाटो हुँदाहुँदै भौतिक आक्रमणमा उत्रिनु कुनै पनि हालतमा सही मान्न नसकिने उल्लेख गरेको छ । 

संघका महासचिव पवन फुयालले बुधबार विज्ञप्ति जारी गर्दै मेनपावर व्यवसायी र उनका समर्थकहरूले सञ्चारकर्मी र मेनपावर व्यवसायीबाट पीडितहरूमाथि गरेको कुटपिट अत्यन्त निन्दनीय भएको जनाएको छ । 

विज्ञप्तिमा लेखिएको छ, ‘घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्न र पीडितहरूलाई क्षतिपूर्तिको व्यवस्था गर्न हामी जोडदार माग गर्दछौँ ।’

घटनाका बारेमा अध्ययन गरी दोषीलाई कारबाही गराउन, पीडितलाई क्षतिपूर्ति दिलाउन र आवश्यक कार्य गर्नका लागि संघका उपाध्यक्ष कुशलव केसीको संयोजकत्वमा संघको टोली खटिएको बताइएको छ । 

संघले कुटपिटबाट घाइते भएका ३४ वर्षीय दीपेशराज पाण्डे, ४२ वर्षीय हरिप्रसाद पाठक र ३५ वर्षीय दशरथ भण्डारीको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । 

साथै आगामी दिनमा यस्ता घटना नदोहोरिने सुनिश्चितता गर्न सरोकारवालाहरूसँग माग गर्दै यस्ता घटनाको सामनाका लागि एकजुट हुन पनि संघले यस क्षेत्रमा क्रियाशील सबै सञ्चारकर्मीलाई अनुरोध गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ