- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
छ सय २० जनाको पीसीआर परीक्षण गर्दा २१६ र ६४२ जनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८२ मध्ये विराटनगरमा ४८, सुनसरीमा ६०, झापामा ४०, उदयपुरमा आठ, धनकुटामा तीन, इलाम र पाँचथरमा दुई-दुई, सङ्खुवासभामा एक र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण देखिएको हो ।
प्रदेशमा आजै २१३ महिलासहित ४५५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने दुई पुरुषको मृत्यु भएको छ । सक्रिय संक्रमित पाँच हजार दुई रहेको मन्त्रालयले जनाएको छ ।