arrow

सुदूरपश्चिम : थप २०३ जनामा संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १९ बुधबार
sudurpashchim-corona-1619919718.jpg

बैतडी । सुदूरपश्चिम प्रदेशमा बुधबार थप २०३ जनामा कोरोना संक्रमण देखिएको छ । 

गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ९६८ जनाको नमूना परीक्षण गर्दा २०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

पीसीआरमार्फत ६७ र एन्टिजेनमार्फत १३६ जनामा पुष्टि भएको हो । यस्तै गएको २४ घण्टामा प्रदेशभर ५३ जना निको भएका छन् । 

उक्त अवधिमा यस प्रदेशमा संक्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । 

यसअघि मङ्गलबार यस प्रदेशमा २४६ जनामा संक्रमण पुष्टि हुँदा १८८ जना निको भएका थिए । सुदूरपश्चिममा संक्रमणका कारण हालसम्म ६२४ जनाको ज्यान गइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ