arrow

एनआरएनए इङ्गल्याण्डको भर्चुअल रनफेष्टको तयारी अन्तिम चरणमा

logo
सुरेन्द्र इङ्नाम,
प्रकाशित २०७८ माघ २३ आइतबार
nrna-england.jpg

मेडिस्टन । गैरआवासीय नेपाली संघ (एनआरएनए) इङ्गल्याण्डको साइन अप गर्ने म्याद बुधबारसम्म थप गरेको छ । शनिबार ५ फेब्रुअरीमा समन्वय परिषदले पत्रकार सम्मेलन गर्दै भर्चुअल रनफेष्ट अन्तिम चरणको तयारीमा पुगेको र सहभागी हुनेहरूको संख्या बढिरहेकाले साइन अप गर्ने म्याद बुधबार फेब्रुअरी ९ तारिखसम्म थपिएको जनाएको हो । 

भर्चुअल रनफेष्ट प्रतियोगिताको तयारीबारे आयोजित अन्तिम प्रेस सम्मेलनमा बोल्दै एनआरएनए इङ्गल्याण्डका अध्यक्ष एलबीजेड गुरुङले स्वास्थ्य नै धन भन्ने नाराका साथ रनफेष्टले मानसिक र शारीरिक स्वास्थ्यलाई थप मनोबल पुर्याउन सहयोग पुग्ने बताए । 

‘महामारीका बेला सबैलाई शारीरिक र मानसिक रूपले तन्दुरुस्त बनाउन हामीले इभेन्ट आयोजना गरेका हौँ र भविष्यमा यसलाई अझ बृहत बनाउने र भौतिक रूपमै एभरेष्ट रन वा अरु कुनै पनि नाम सबै समुदाय वा भाषीहरुलाई पनि सहभागीता गराउन सकिने नाममा निरन्तरता दिने सोँच रहेको छ’, अध्यक्ष गुरूङले भने । 

उनले यस रनफेष्टमा सहभागिता जनाएर सहयोग गर्न सबैलाई अपिल गरेका छन् ।

यसैगरी एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले इङल्याण्ड राज्य समन्वय परिषदको कार्यले संस्थागत गतिविधिलाई सिर्जनात्मक ढंगले बढाएको र सिंगो समुदायको स्वास्थ्यबारे चेतना जगाउन रनफेष्टले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘यो रनफेस्टले हामीलाई खेलकुदको माध्यमबाट स्थापति हुन थप सहयोग पुग्नेछ’, अध्यक्ष मगरले भने । 

प्रतियोगिताका संयोजक बलराम सुवेदीले स्वास्थ्यबारे जनचेतना पर्वाह गर्न र कोरोना महामारीको समयमा सबैलाई भयबाट मुक्त बनाउन रनफेष्टको आयोजना गरिएको बताए । उनले यूकेबाहेक जापान, यूरोप र अमेरिकाबाट पनि सहभागिता जनाउने गरी उत्साहजनक प्रतिक्रिया आएको बताए । 

उनले थप सहभागिता वृद्धि गर्न भन्दै फेब्रुअरी ९ तारिख बिहानसम्म नाम दर्ताका लागि समयवधी बढाइएको पनि जनाए । उनले नेपाली समुदायबाट सहभागिताका लागि सबैभन्दा धेरै आवेदन दर्ता गरिएको समेत जानकारी दिए । रनफेष्ट ९९ प्रतिशत नेपाली मूलका समुदायबाट अनलाइन रजिष्टर भएको जानकारी गराए ।

 आयोजकले करिब पाँच सय जना सहभागी गराउने लक्ष्य रहेको र जुन संख्याको निकट पुग्न लागेको पनि जानकारी दिए ।

दर्ता गरिसकेपछि फेब्रुअरी १५ तारिखसम्म एक पटक पाँच किलोमिटर दौडेर, हिँडेर वा साईकल गरेर रनफेष्ट पूरा गरेको प्रमाण सोही वेभसाइटमा भित्र पसेर बुझाउनुपर्ने हुन्छ । दौड पूरा गरेका सबै सहभागीहरूलाई प्रमाण–पत्र र मेडल प्रदान गरिने छ । 

ब्रेक्स्ली नेपाली समाजबाट करिब ६० जनाले फेब्रुअरी तेस्रो साताभित्र दौडेर ऐक्यबद्धता जनाउन लागेको प्रवक्ता डा. विशाल गुरूङले बताए । यसैगरी विभिन्न नेपाली समाजहरूले समेत प्रत्यक्ष र सामूहिक रूपमा दौडेर रनफेस्ष्टलाई प्रचार गर्दै सहयोग गर्ने तयारी गरिरहेको जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ