arrow

पहिलो पटक अफ्रिका कप अफ नेसन्स जितेको सेनेगलको भव्य स्वागत 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २५ मंगलबार
senegal-football-khusi.jpg

काठमाडौं । पहिलो पटक अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिता जितेको सेनेगललाई स्वदेशमा भव्य स्वागत गरिएको छ । आइतबार राति भएको फाइनलमा इजिप्टलाई पेनाल्टी सुटआउटमा हराएर च्याम्पियन बनेको सेनेगलको टोलीलाई भव्य स्वागत गरिएको छ ।

सेनेगल ४–२ ले विजयी भएको थियो । निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । 

सेनेगलको टोलीलाई स्वागत गर्न हजारौं समर्थक विमानस्थल पुगेका थिए । खेलाडीहरु गाडीको छतमा बसेर खुशी साटेका थिए । उनीहरुलाई स्वागत गर्न म्याकी सालसमेत पुगेका थिए । 

खुशीयालीमा सेनेगलमा सोमबार राष्ट्रिय बिदा नै दिइएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ