arrow

मुद्रास्फीति ५.६५ प्रतिशत, यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २६ बुधबार
nepal-rastra-bank.jpeg
तस्बिर– फाइल

काठमाडौं । गत पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६५ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति केलाउने क्रममा पछिल्लो छ महिनाको तथ्याङ्कमा आधारित रहेर तयार पारेको प्रमुख झलकमा मुद्रास्फीति बढेको देखिएको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.५६ प्रतिशत रहेको थियो । 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.२३ प्रतिशत रहेको छ । २०७७ पुसको तुलनामा २०७८ पुसमा घ्यू तथा तेल, यातायात, मदिराजन्य पेय पदार्थ, सुर्तीजन्य वस्तु र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २१.२२ प्रतिशत, १४.०७ प्रतिशत, ११.३७ प्रतिशत, १०.४८ प्रतिशत र ९.२२ प्रतिशत रहेको छ ।

यस्तो छ पूर्ण विवरण–


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ