arrow

छट्पटीमा प्रचण्ड

प्रचण्डले ओलीको सहारा खोजे, ‘एमसीसीमा तपाईले निर्णय नगरी भएन’ भनी गरे फोन 

‘तपाईहरूले पहिले केपी शर्मा ओलीलाई हटाएपछि पारित गर्छौं भनेर वचन दिनुभएको छ हटाइसकेपछि चार पाँच महिनामा पारित गर्छौं भनेर लिखित कागज नै गर्नु भएको रहेछ । पहिले आफूले निर्णय गर्नुस्, नेकपा एमाले त निर्णय गरिहाल्छ’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २८ शुक्रबार
oli-prachanda-final.jpg
तस्बिर– फाइल

काठमाडौं । लामो समयपछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन संवाद भएको छ । विभिन्न पावर ब्रोकरमार्फत ओलीलाई भेट्न खोजिरहेका प्रचण्डले बिहीबार राति टेलिफोन संवाद गरेका हुन् ।  

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा टेबुल गर्ने तयारी गरेको र त्यसमा एमालेको धारणा स्पष्ट पार्न आग्रह गरेका थिए । ‘राति पार्टी अध्यक्षलाई प्रचण्डले फोन गरेका थिए’, प्रचार विभागका उपप्रमुख विष्णु रिजालले भने । तर ओलीले यो विषयमा तपाईहरु सत्ताधारी पार्टी भएकाले एमालेको आवश्यकता नभएको निर्णय गर्न सरकारलाई छुट रहेको जवाफ दिएका थिए ।

‘ओलीलाई हटाएपछि एमसीसी पास गर्छौं भन्नुभएको रहेछ यसमा एमालेको किन आवश्यकता पर्यो र भन्ने जवाफ दिनुभएको छ’, ओलीको भनाई उधृत गर्दै प्रचार विभाग उपप्रमुख रिजालले भने । उनका अनुसार बिहीबार राती प्रचण्डले ओलीलाई फोन गरेर एमसीसीबारे निर्णय गर्न आग्रह गरेका थिए ।
 
एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख रिजालका अनुसार माओवादीका अध्यक्ष प्रचण्डले बिहीबार राति ‘एमसीसीमा तपाईले निर्णय नगरी भएन’ भन्दै अध्यक्ष ओलीलाई फोन गरेका हुन् । बिहीबारै दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायकमन्त्री डोनाल्ड लुले प्रचण्डलगायत प्रमुख दलका शीर्ष नेताहरूलाई वासिङ्टनबाट सीधै फोन गरेर एमसीसी सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन गराउन दबाब दिएपछि प्रचण्डले ओलीलाई फोन गरी एमसीसीबारे निर्णय गर्न आग्रह गरेका थिए ।

‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन’ भन्दै अध्यक्ष ओलीलाई फोन गरेका हुन् । ‘एमसीसीमा तपाईले निर्णय नगरी भएन’ भन्दै बिहीबार राति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का बारेमा सबैभन्दा पहिला सत्तारुढ दलले स्पष्ट धारणा बनाउनुपर्ने बताएका थिए ।

‘तपाईहरूले पहिले केपी शर्मा ओलीलाई हटाएपछि पारित गर्छौं भनेर वचन दिनुभएको छ हटाइसकेपछि चार पाँच महिनामा पारित गर्छौं भनेर लिखित कागज नै गर्नु भएको रहेछ । अहिले सत्ता चलाइरहनुभएको छ । प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नुस्, नेकपा एमाले त निर्णय गरिहाल्छ’ ओलीलाई उधृत गर्दै रिजालले बताए । 

रिजालका अनुसार सत्तारुढ गठबन्धनमा रहेका माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एमसीसीबारे पहिला धारणा बनाउनु पर्ने एमालेको अडान यथावत छ । ‘हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ’, रिजालले ओलीको भनाइ उधृत गर्दै भने, ‘तपाईहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर वचन दिनुभएको छ, हटाइसकेपछि ‘४–५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ । अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधि सभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नूस्, नेकपा एमाले त निर्णय गरिहाल्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ