arrow
ADVERTISEMENT

एक महिनापछि नेपाल सर्वसम्मत अध्यक्ष चयन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २८ शुक्रबार
uml-district-election.jpg

सिन्धुपाल्चोक । नेकपा (एमाले) सिन्धुपाल्चोक जिल्ला अध्यक्षमा कमल नेपाल सर्वसम्मत चयन भएका छन् । नवौं जिल्ला अधिवेशनको उद्घाटनसत्र सम्पन्न भएको एक महिनापछि उनी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

 जिल्ला कमिटीका उपाध्यक्षमा उमा प्रधान, सचिवमा रामचन्द्र बस्नेत तथा उपसचिवमा सुशीला पाख्रिन र चिरन तामाङ चयन भएका छन् । यस्तै जिल्ला कमिटी सदस्य पनि सर्वसम्मत चयन गरिएको अध्यक्ष मण्डलका सदस्य सरेश नेपालले जानकारी दिए । सदस्यको पनि टुङ्गो लागेको नेपालले बताए ।

गत पुस २३ गते यहाँस्थित बाह्रबिसेमा नवौं जिल्ला अधिवेशनको उद्घाटन भएको थियो । यसपछि विभिन्न कारण नेतृत्व चयन हुनसकेको थिएन । अध्यक्ष पदका लागि नेपालसहित केदार क्षेत्री, बालकृष्ण देउजा, होमनारायण श्रेष्ठ र डोल्मा तामाङले उम्मेदवारी दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ