- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भोलिलाई तोकिएको प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ । फागुन २ गते सोमवार दिउँसो १ बजेका लागि बोलाइएको बैठक फेरि स्थगित गरिएको हो । सङ्घीय संसद्को महासचिव भरतराज गौतमका अनुसार बैठक फागुन ४ गते बुधवार बस्ने छ ।
सभामुख अग्नि सापकोटाले विशेष कारण बैठक भोलि बस्न नसक्ने भन्दै बुधवार १ बजेलाई तोकेका छन् ।
यसअघि माघ १६ गतेका लागि बोलाइएको बैठक पनि सूचनामार्फत सारिएको थियो । त्यति बेला माघ २६ गतेका लागि अर्को बैठकको मिति तोकिएको थियो ।
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई संसद्मा टेबुल गर्ने प्रधानमन्त्री देउवाले मनस्थिति बनाएको बुझेका सापकोटाले यसलाई पन्छाउन खोजिरहेका छन् ।
उनले यसअघि एमसीसी पारित हुने अवस्था आए आफूले पदबाट राजीनामा दिने बताइसकेका छन् । उनले कुनै पनि हालतमा एमसीसी संसद्मा पेश गर्न नदिने अडान लिएका छन् ।
यही कारण सत्ताधारी दलहरुबीच पनि सहमति बन्न सकेको छैन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकातिर एमसीसी कार्यालयलाई पत्र लेखेर सांसदबाट एमसीसी पारित गर्ने बताइसकेका छन् भने अर्कातिर पार्टी नेताहरू तथा कार्यकर्तालाई एमसीसी पारित गर्नुपरे सत्ताबाट बाहिरिने भन्दै झुटो बोलेका छन् ।