arrow

चार कारणले प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग : प्रस्तावक गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १ आइतबार
dev-gurung-maoist.jpg

काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चार वटा आरोपमा महाभियोग प्रस्ताव दर्ता भएको छ। प्रस्तावमध्येका माओवादी केन्द्रको संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रस्ताव संविधानको धारा १०२ अनुसार दर्ता गरिएको स्पष्ट पारे।

पहिलो – न्यायालय सुचारु गर्न सकेनन् । 
दोस्रो – निष्पक्ष र स्वतन्त्र ढङ्गले न्याय सम्पादन गर्न सकेनन् 
तेस्रो – न्यायालयमा आर्थिक अनियमितता बढ्यो ।
चौथो – न्यायालय सञ्चालनमा असक्षमता र अयोग्यता देखियो । 

जबराविरुद्ध सत्तारुढ गठबन्धनका ९८ जना सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका हुन् । दर्ता भएपछि महाभियोग समिति गठन हुन बाँकी छ । समितिले प्रस्ताव दर्तापछि छानबिन गरी प्रतिनिधि सभासमक्ष प्रतिवेदन पेस गर्नुपर्ने हुन्छ । 

प्रतिवेदनअनुसार प्रस्ताव पास गर्न भने दुई तिहाइ मत चाहिन्छ । संसद्को तात्कालिक गणितलाई आधार मान्दा भने प्रस्ताव पारित हुने सम्भावना ज्यादै न्यून छ । किनभने संसद्को ठुलो दल एमाले (९८ सांसद) प्रस्तावको विरुद्धमा उभिएको छ । उसले प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्तावले राजनीतिक द्वन्द्व बढाउन खोजेको प्रारम्भिक टिप्पणी गरेको छ ।

सत्ता गठबन्धनसँग १६५ सांसद मात्रै छ । जुन महाअभियोग प्रस्ताव पारित गर्न पर्याप्त हुँदैन । महाअभियोग प्रस्ताव दुई तिहाइले पास गर्नुपर्ने हुन्छ, जसका लागि दुई तिहाइ अर्थात् एक सय ८४ सांसद चाहिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ