arrow

न्यायपालिकाको अवरोध हटाउन पहल गरेनन्, यसैकारण महाभियोग : मन्त्री बडू

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १ आइतबार
badu.jpg
फाइल तस्बिर

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलचन्द्र प्रसाद बडूले न्यायालयको चिन्ता नगरेका कारण प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर जबरा विरुद्ध महाभियोग दर्ता भएको बताएको छन्।

‘गतिरोधमा न्यायपालिका रह्यो। न्यायपालिकाको आवश्यकता र यसको गरिमामाथि प्रश्न उठ्ने अवस्था आइरहेको छ। त्यस कारण पनि प्रतिनिधिसभाका सांसदले जुन संवैधानिक निकास खोज्ने प्रयत्न खोज्नु भयो त्यो हाम्रो जानकारीमा आएको छ र यो अघि बढ्छ। संवैधानिक गतिरोधले अब निकास पाउँछ । यो गतिरोध अन्त भएपछि न्यायपालिकाको पनि संवैधानिक बाटो सुचारु हुन्छ। यो संवैधानिक निकास आवश्यक थियो,’ बडूले पत्रकारहरूसँग कुराकानी गर्दै भने। 

प्रतिनिधिसभाका ९८ जना सांसदहरूले संविधानको धारा १०१ को उपधारा २ बमोजिम सर्वोच्च अदालतका प्रधानन्यायाधीशमाथि महाभियोग प्रस्ताव दर्ता गरेको उनले जनाए। 

प्रधानन्यायाधीशका कारण न्यायालयमा झन्डै ४ महिनादेखि न्यायिक र संवैधानिकलगायतका प्रक्रियाहरू अवरुद्ध रहेको उनले बताए।

‘एक किसिमको अप्रत्याशित अनपेक्षित अवरोधको अवस्था थियो न्याय प्रशासनमा । प्रधानन्यायाधीश भनेको न्यायपालिकाको नेतृत्वकर्ता पनि हो । यो अवरोध फुकाउन शक्ति पृथकीकरणको सिद्धान्त अनुसार सरकारमा रहेको कारणले हामीले धेरै हस्तक्षेप गर्न सक्ने अवस्था थिएन,’ मन्त्री बडूले भने । 

न्यायपालिकामा देखिएको अवरोध हटाउन प्रधानन्यायाधीशले कुनै पहल नगरेको आरोप उनले लगाए । उनले थप स्पष्ट पारे, ‘तर यो अवरोधको निकास दिने कार्यमा नेतृत्वकर्ताको हैसियतले प्रधानन्यायाधीशको जुन अग्रसरता, तत्परता र चिन्ता हुनुपर्थ्यो । त्यो कुनै चिन्ता देखिएको अवस्था थिएन ।’

प्रधानन्यायाधीशे पनि संवैधानिक बाटोबाट आएको व्यक्ति संवैधानिक बाटो बाटै बाहिरिने अभिव्यक्ति दिएकोले महाभियोग उपयुक्त भएको दाबी उनले गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ