काठमाडौँ। वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश बनेका छन्। सङ्घीय संसद् सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि उनी स्वतः निलम्बित हुने हुँदा कार्की पनि स्वतः कामु प्रधानन्याधीश बनेका हुन्।
काँग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदले आइतबार बिहान सङ्घीय संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन्।
जबरा निलम्बनमा परेपछि दोस्रो वरीयताका न्यायाधीश कार्की कामु प्रधानन्यायाधीश बनेका हुन्। अब उनी न्याय परिषद्को अध्यक्ष तथा संवैधानिक परिषद्को सदस्यको समेत भूमिका रहनेछन्।