arrow

पत्र बुझेर सर्वोच्चबाट बाहिरिए चोलेन्द्र

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १ आइतबार
chief-justic-colendra-ranra.jpg

काठमाडौँ। आफू विरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको जानकारी पत्र बुझेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालतबाट बाहिरिएका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का सांसदले आइतबार बिहान प्रधानन्यायाधीश जबराविरुद्ध सङ्घीय संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए । यसबारे सचिवालयले जबरालाई पत्रमार्फत जानकारी गराएको हो।

संसद् सचिवालयबाट आफू विरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको सूचनासहितको पत्र प्राप्त भएपछि जबरा सर्वोच्चबाट बाहिरिएका हुन्। महाभियोग प्रस्ताव दर्ता भएको जानकारी पाएसँगै जबरा प्रधानन्यायाधीशबाट निलम्बित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ