arrow

शक्ति सन्तुलनको आधारमा काम गर्न नसकेकाले महाभियोग : कांग्रेस सचेतक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १ आइतबार
puspa-bhusal.jpg
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका सचेतक पुष्पा भुसालले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले शक्ति सन्तुलनको आधारमा काम गर्न नसकेकाले महाभियोगको प्रस्ताव दर्ता गरिएको बताएकी छन् । प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक भुसालले न्यायपालिकामा नेतृत्वदायी भूमिका प्रभावकारी रूपमा खेल्न नसकेको पाइएकाले महाभियोग प्रस्ताव अगाडि बढाइएको प्रतिक्रिया दिइन् । 

उनले प्रधानन्यायाधीशले संवैधानिक इजलाश प्रभावकारी नबढाएको, विभिन्न नियुक्तिमा प्रभावित पारेको, सर्वोच्च अदालतको प्रतिवेदन कार्यान्वयन नगरेको एवं शक्ति सन्तुलनको आधारमा काम गर्न नसकेकाले न्याय क्षेत्रमा निराशाजनक अवस्था सिर्जना भएकाले प्रस्ताव दर्ता गराउन आवश्यक भएको बताइन् । 

संविधानले खोजको भूमिका प्रधानन्यायाधीशबाट हुन नसकेका कारणले यो प्रस्ताव दर्ता गराउनु परेको उनको भनाइ छ । संविधानले व्यवस्था गरेको आवश्यक सङ्ख्या अनुसार दर्ता भएको प्रस्ताव अब संसदीय प्रक्रियामा अगाडि बढ्ने उनको भनाइ छ । 

उनले हाल लागेको आरोप प्रमाणित गर्न बयान लिने तथा अन्य संसदीय प्रक्रिया अगाडि बढाउने दायित्व संसद्‌को भएको बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ