arrow

महाभियोगबारे छलफल गर्न बालकोटमा एमालेको सचिवालय बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १ आइतबार
balkot-oli-home-uml-meet.jpg
फाइल तस्बिर

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध सत्ता गठबन्धनले अकस्मात महाअभियोग ल्याएपछि त्यसबारे छलफल गर्न  बैठक बोलाइएको एमालेले जनाएको छ।

अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित निवासमा बैठक सुरू भएको हो । महाभियोग प्रकरणबारे धारणा बनाउन संसदीय दलको बैठक अघि सचिवालय बैठक बोलाइएको छ।

एमालेले भोलि ११ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ । बैठकमा सहभागी हुन एमालेले सांसदलाई आज बेलुकासम्म काठमाडौं आइपुग्न निर्देशनसमेत जारी गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ