arrow

लमजुङमा आलु उत्पादन बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २ सोमबार
potato-nepali.jpg
फाइल तस्वीर

लमजुङ । लमजुङमा आलु उत्पादनमा वृद्धि भएको छ । आलु खेतीका लागि यस वर्ष मौसम उपयुक्त हुनाका साथै किसानले राम्रोसँग आलुको हेरचाह गरेकाले यस वर्ष आलु उत्पादनमा वृद्धि भएको कृषिज्ञान केन्द्रले जनाएको छ । 

केन्द्रका कृषि अर्थविज्ञ तथा सूचना अधिकारी मदन रेग्मीका अनुसार गत वर्षको तुलनामा यस वर्ष २०० मेट्रिकटन आलु उत्पादन बढी भएको छ । यस वर्ष एक हजार ९३६ हेक्टर जमिनमा गरिएको आलु खेतीबाट २१ हजार १०० मेट्रिकटन उत्पादन भएको छ । 

त्यस्तै गत वर्ष आर्थिक वर्षमा १९ हजार ५०० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा २० हजार ९२९ मेट्रिकटन आलु उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ । सुन्दरबजार नगरपालिका, राइनास नगरपालिका, बेँसीशहर नगरपालिका र मध्यनेपाल नगरपालिकालाई हिउँदे आलु उत्पादन पकेट क्षेत्र घोषणा गरिएको छ ।

यस्तै, मर्स्याङ्दी गाउँपालिका, दूधपोखरी गाउँपालिका र क्हेलासोथार गाउँपालिकालाई बर्खे आलुको मुख्य पकेट क्षेत्र तोकिएको छ । जिल्लामा मुख्य गरेर कार्डिनल, कुख्रेजोती, एमएम फोर्टिटुलगायत जातका आलुखेती गर्ने गरिएको किसानको भनाइ छ । केन्द्रका अनुसार जिल्लाका सबै पालिकाका कृषक, कृषक समूहले व्यावसायिक आलुखेती गर्दै आएका छन् । 

कृषिज्ञान केन्द्रले कृषकका लागि आलुखेती प्रवर्द्धन कार्यक्रममार्फत अनुदानमा आलुको बीउ वितरण आलु उत्पादनसम्बन्धी तालिम, आलुमा लाग्ने रोगका किरा नष्ट पार्ने औषधि वितरण गर्दै आएको कार्यालयका सूचना अधिकारी रेग्मीले बताए । उनका अनुसार जिल्लामा उत्पादिन आलु मनाङलगायतका जिल्लामा समेत पुग्ने गर्दछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ