arrow

कांग्रेस महासमिति सदस्यको निर्वाचनः कास्कीमा फागुन ९ गते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ४ बुधबार
kaski_congress.jpg

पोखरा । कास्कीमा कांग्रेसको महासमिति सदस्यको निर्वाचन फागुन ९ गते हुने भएको छ । निर्वाचन अधिवक्ता अधिकृत कपिलमणि दाहालले आज एक सूचना जारी गर्दै महासमिति सदस्यको निर्वाचन ९ गते हुने उल्लेख गरेका हुन् ।

कास्कीका ३ वटै क्षेत्रबाट ३३ जना महासमिति सदस्य निर्वाचित हुँदै छन् । निर्वाचनका लागि कार्यतालिका र स्थान पनि तय गरिएको छ । 

जस अन्तर्गत कास्की क्षेत्र नं. १ मा खुदीको वीपी स्मृति भवन, क्षेत्र नं. २ मा जिल्ला पार्टी कार्यालय र क्षेत्र नं. ३ मा क्षेत्रीय पार्टी कार्यालय हेमजामा निर्वाचन हुनेछ । निर्वाचनमा पार्टीका सबै क्षेत्रीय प्रतिनिधिले मतदान गर्न पाउने विधानमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ