arrow

केपी, ईश्वर, पद्मा, भानुभक्त र योगेशविरुद्ध अख्तियारमा उजुरी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ५ बिहिबार
pm-kp-oli1.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका पाँच नेताहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । 

ओलीसहित नेताहरु ईश्वर पोखरेल, पद्मा अर्याल, योगेश भट्टराई र भानुभक्त ढकालविरुद्ध उजुरी परेको हो । उनीहरु सरकारमा भएका बेलामा पदीय दुरुपयोग गरेको आरोप छ । ओली तत्कालीन प्रधानमन्त्री, अर्याल तत्कालीन भूमि व्यवस्थामन्त्री, पोखरेल तत्कालीन रक्षामन्त्री, ढकाल तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री र भट्टराई तत्कालीन पर्यटन मन्त्री थिए । 

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले उनीहरुविरुद्ध उजुरी दर्ता गराएको हो । ओली र अर्यालविरुद्ध झापास्थित गिरीबन्धु टी स्टेटको जग्गा र अर्जुनधारामा रहेको करिब ३०० बिघा सट्टापट्टा गर्न पाउने कानून संशोधन गरेको भन्ने आरोप छ । 

स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता सीसीएमसीसीका तत्कालीन संयोजक ईश्वर पोखरेल र ढकालविरुद्ध उजुरी दर्ता गराइएको छ । साथै भट्टराईविरुद्ध भिजिट नेपाल २०२० को नाममा करोडौँ रकम हिनामिना गरेको आरोप छ । 

अनेरास्ववियूका वाग्मती प्रदेश कमिटीका संयोजक दीपक बुढाथोकीले ओलीसहित पाँच नेताबिरुद्ध उजुरी दर्ता गराएका हुन् । अख्तियारमा गरेको उजुरीको दर्ता नम्बर सी–०२८०५५ रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ