arrow

एपीएफसँग मनाङ मर्स्याङ्दी पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ५ बिहिबार
football-new.jpg

काठमाडौं ।  सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा एपीएफले मनाङ मर्स्याङ्दी क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । एपीएफलाई जित दिलाउन आशिष लामा, मनिकुमार लामा र नवीन लामाले एक-एक गोल गरे ।

यता मनाङका लागि भने अञ्जन विष्टले एक गोल फर्काए । सुरुआती एक गोलको अग्रता उल्टाएर एपीएफले जित निकालेको हो । खेलको ३७ औं मिनेटमा कप्तान अञ्जनले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए ।

 मनाङको एक शून्यको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ४०औं मिनेटमा आशिषले गोल गर्दै एपीएफलाई १-१ को बराबरीमा ल्याए । खेलको ८१औं मिनेटमा मनिले गोल गर्दै एपीएफलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको ८६औं मिनेटमा कप्तान नवीनले गोल गर्दै एपीएफलाई ३-१ को जित दिलाए ।

यस जितसँगै एपीएफले ११ खेलमा १४ अङ्क जोडेको छ । एपीएफ अङ्क तालिकाको आठौँ स्थानमा उक्लिएको छ । हारसँगै मनाङले ११ खेलमा २० अङ्क जोडेको छ । मनाङ अङ्क तालिकाको दोस्रो स्थानमा कायम रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ