arrow

यूपीआई नेपाल संचालन गर्न गेटवे पेमेन्टको एनपीसीआई इन्टरनेसनल र मनम इन्फोटेकसँग सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ५ बिहिबार
Photo_PressRelease_1 (1).jpg

काठमाडौँ। गेटवे पेमेन्ट सर्विस प्रालिले अन्तर आवद्धता तथा मोबाइल फस्र्ट प्रविधिमा आधारित युनिफाइड पेमेन्ट इन्टरफेस नेपाल संचालनका लागि भारतस्थित एनपीसीआई इन्टरनेशनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको छ । 

उक्त सम्झौतासँगै अब विभिन्न बैंक बित्तीय संस्था, भुक्तानी सेवा प्रदायक बीचमा अन्तरआबद्ध विद्युतीय भुक्तानीको सन्जाल संचालन गर्ने र भारतबाट विभिन्न भुक्तानी सेवा प्रदायक (जस्तैः पेटीएम, गुगलपे, फोनपे आदि) मार्फत नेपालस्थित कुनै पनि बैंक खातामा वा वालेट खातामा तुरुन्तै रकमान्तर गर्नसक्ने व्यवस्था गर्न लागिएको हो । 

साथै यस सेवाको शुरुआतसँगै भारतीयहरु नेपाल आउँदा क्यू–आरकोड स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्ने र नेपालीहरुले भारतमा यात्रा गर्दा भारत–क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने जानकारी गराउन चाहेको गेटवेले प्रेस विज्ञप्ति जारी गरी बताएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘प्रारम्भिक चरणमा आगामी तीन महिनाभित्र उल्लेखित सेवाहरु सुचारु हुने र एनपीसीआईले भारतमा संचालन गरिरहेको सम्पूर्ण सेवाहरु पनि क्रमिक रूपमा शुरुआत गर्दै जाने व्यहोरा जानकारी गराउन चाहन्छौं ।’

अगाडि भनिएको छ, ‘उक्त सम्झौतामा नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमतिप्राप्त यस कम्पनीका तर्फबाट अध्यक्ष कमलनाथ प्रधान साथै भारतमा भुक्तानीको संजाल युनिफाइड पेमेन्ट इन्टरफेस स्वयंले सफलताका साथ संचालन गरिरहेको र भारतीय रिजर्व बैंकद्वारा प्रवर्दित एनपीसीआई इन्टरननेशनलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला तथा डिजिटल बैंकिङ तथा भुक्तानी सेवामा लामो अनुभव रहेको भारतीय फिन्टेक कम्पनी मनम इन्फोटेकका तर्फबाट निर्देशक नागाबाबु रामिनेनीले हस्ताक्षर गर्नुभयो ।’

अन्तरआवद्धता तथा मोबाइल फस्र्ट प्रविधिमा आधारित भुक्तानीको सन्जाल यूपीआई भारतमा एनपीसीआईद्वारा संचालनमा रहेको र त्यसले भारतको विद्युतीय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेकोमा उक्त प्रविधिमा आधारित यूपीआई नेपालले विद्युतीय भुक्तानीलाई अर्को श्रेणीमा लैजाने र नेपाललाई नगदरहित समाजमा रुपान्तरण गर्न ठूलो टेवा पुर्याउने कुरामा विश्वस्त रहेको गेटवेले जनाएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘२१ औं शताब्दीमा विश्वभर डिजिटल प्रविधिको माध्यमबाट आर्थिक कारोवार भइरहेको सन्दर्भमा प्रविधिमा हासिल भएका उपलब्धिहरुको उपयोगमा नेपाल पनि क्रमिक रुपमा अगाडि बढिरहेको छ । बैकिङ्ग प्रणालीमा प्रविधिको उपयोग गराइ नेपाललाई विश्व मापदण्ड अनुरुपको सेवा प्रवाह गराउने सन्दर्भमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट नेपाललाई ‘नगदरहित अर्थतन्त्र’ तर्पm लैजान चलाइरहनु भएको बृहत अभियान र नेपाल सरकारको डिजिटल कारोबार कार्यान्वयन गर्ने नीति अङ्गिकार गरी यस कम्पनीले अन्तरराष्ट्रिय कारोबार सहितको यूपीआई नेपाल प्रणाली सञ्चालन गर्न गइरहेको कुरा सहर्ष जानकारी गराउँदछौं ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ