arrow

ज्ञानेन्द्र शाही राप्रपामा, हिजैदेखि काम शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ६ शुक्रबार
gyanendra-shahi-jee.jpg

काठमाडौं । अभियन्ता ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियान राप्रपामा समाहित भएको हो ।

आज राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा हाम्रो नेपाल हाम्रो नेपाली अभियान र राप्रपा बीच एकता घोषणा गरिएको छ । शाहीसहित अभियानलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरेका छन् । 

मङ्गलवार दुवै पक्षबीच बसेको बैठकले शाही नेतृत्वको अभियानलाई पार्टीमा समाहित गर्ने निर्णय गरेको थियो । समझदारी पत्रमा राप्रपाको वार्ता टोली संयोजक तथा महामन्त्री डा. धवलशम्शेर राणा र अभियानको वार्ता टोली संयोजक विनोद खड्काले हस्ताक्षर गरेका थिए ।

शाही हिजैदेखि अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध राप्रपाका भ्रातृ सङ्गठनको तर्फबाट विरोधमा उत्रिएका छन् । शाही यसअघि पनि एमसीसीको विरोध गर्दै आएका छन् । एमसीसीलाई राष्ट्रघाती भन्दै उनले जननिर्वाचित सांसदहरूलाई एमसीसी पारित गर्न नदिन पनि आग्रह गर्ने गरेका छन्  । 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ