arrow

विश्वकप ट्रफीको रिप्लिका सगरमाथा लगायत अग्ला शिखरमा पुर्‍याइने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ११ बुधबार
fifa-world-cup-club.jpg

काठमाडौं । फिफा विश्वकप ट्रफीको (रिप्लिका) र फिफा सदस्य २११ वटा राष्ट्रहरूको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथालगायत सात महादेशका अग्ला शिखरहरूमा पुर्‍याउने अभियानको आज शुभारम्भ भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै ट्रफी र झण्डा सगरमाथा आरोही नर्बिन मगरले विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत सात महादेशका अग्ला शिखरहरूमा पुर्‍याउने जानकारी दिएका हुन् । 

सेभेन समिट फर फिफा वर्ल्ड कप २०२२ नाम दिएर अभियानको थालनी गरिएको अभियानले जानकारी दिएको छ । अभियानले हिमालहरूको आरोहणपछि उक्त ट्रफी, झण्डा साथै आरोहणका क्रममा उपयोग भएका सामाग्रीहरू फिफा वर्ल्ड कप २०२२ को आयोजक राष्ट्र कतारलाई हस्तान्तरण गर्ने लक्ष्य लिएको छ । 

सगरमाथा आरोही नर्बिन मगरले फिफा विश्वकप ट्रफीको (रिप्लिका) र २ सय वटा देशको झण्डालाई सगरमाथा लगायत ७ वटा महादेशको हिमशिखरमा पुर्‍याउने अठोटका साथ आफू अघि बढेको बताए । उनले कोभिड-१९ ले खेलकुद, अर्थतन्त्र र पर्यटनलाई डामाडोल बनाएको अवस्थामा तीन क्षेत्रलाई आफ्नो अभियानले फाइदा पुग्ने विश्वास व्यक्त गरे । 

आरोही मगरले आफुले विश्वको सबैभन्दा धेरै मानिसहरूको ध्यान फुटबलमा रहेको पत्ता लगाएर विश्व शान्तिको लागि नेपालको तर्फबाट आफुले प्रतिनिधित्व गर्न लागेको सुनाए । आफुले नेपालमा पर्यटन सम्बन्धी धेरै विषयको कोर्स पुरा गरेको भन्दै ४ देशका महादेशको हिमाल चढी सकेको उनले बताए ।

‘आगामी दिनमा नेपालको प्रतिनिधित्व गर्दै विश्वसामु पुग्दै छु सबैले आफ्नो ठाउँबाट मलाई र हाम्रो अभियानलाई साथ र सहयोग दिनुहोला ।’-उनले भने । हिमाल चढ्न आफूलाई राम्रो जानकारी भएको पनि उनले बताए । उनले एसिया, अफ्रिका महादेश, युरोप, अन्र्टाकटिका,उत्तर अमेरिका, दक्षिण अमेरिका र अस्ट्रेलियाको उच्च शिखरमा पुग्ने बताए । 



नयाँ