arrow

युक्रेनमा रहेका नेपालीहरु सुरक्षित, दुई सय बढी ट्रान्जिटमा, सुरक्षाप्रति एनआरएनए चिन्तित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १२ बिहिबार
ukraine.jpg

काठमाडौं । युक्रेनमा पछिल्लो विकसित घटनाक्रमको कारणले त्यहाँ रहेका नेपालीहरुको सुरक्षाप्रति गैरआवासीय नेपाली संघले चिन्ता व्यक्त गरेको छ । त्यहाँ रहेका ३८ जना नेपालीहरु राष्ट्रिय समन्वय परिषद् युक्रेनको सम्पर्कमा रहेको राष्ट्रिय समन्वय परिषद युक्रेनका अध्यक्ष  हरि मल्लले जनाएका छन् । 

उनीहरु युक्रेनमै लामो समयदेखि स्थायी बसोबास गर्दै आएका छन् । युक्रेनमा पछिल्लो विकसित घटनाक्रमबीच उनीहरु सबै सकुशल रहेको संघले जनाएको छ । त्यसबाहेक पनि युक्रेनमा ४४ विद्यार्थीहरु र ट्रान्जिटमा २०० भन्दा बढी नेपालीहरु रहेको जानकारी प्राप्त भएको छ । 

त्यहाँस्थित सबै नेपालीहरुलाई आफ्नो अवस्था बारे राष्ट्रिय समन्वय परिषद् युक्रेनमा जानकारी गराउन संघले अनुरोध गरेको छ ।  साथै युक्रेनमा रहेका सबै नेपालीहरुलाई आफू सुरक्षित रहन र त्यहाँको घटनाक्रम मूल्यांकन गरी आवश्यक परे स्वदेश फर्कनसमेत संघले अनुरोध गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ