पोखरा । राप्रपा नेपाल कास्कीको नयाँ जिल्ला कार्यसमिति गठन भएको छ । राप्रपा नेपालका केन्द्रीय सदस्य एवं स्थानीय निकाय निर्वाचन परिचालन समिति सदस्य शिवकुमार बाँस्तोलाको अध्यक्षतामा २४ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो ।
राप्रपा नेपालको तर्फबाट जिल्ला निर्वाचन समिति कास्कीमा सम्पर्क र समन्वय गर्न पार्टीका केन्द्रीय सदस्य सूर्यप्रसाद बाँस्तोलालाई मनोनयन गर्ने निर्णय समेत गरेको छ ।