arrow

राप्रपा नेपाल कास्कीमा बाँस्तोला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १३ शुक्रबार
Shibha kumar Banstola.jpg

पोखरा । राप्रपा नेपाल कास्कीको नयाँ जिल्ला कार्यसमिति गठन भएको छ । राप्रपा नेपालका केन्द्रीय सदस्य एवं स्थानीय निकाय निर्वाचन परिचालन समिति सदस्य शिवकुमार बाँस्तोलाको अध्यक्षतामा २४ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो ।

समितिको सदस्यहरुमा सूर्यप्रसाद बाँस्तोला, विश्वराज पौडेल, इन्द्र्रकुमारी शाही, चिना दवाडी, सागर क्षेत्री, टुकबहादुर गुरुङ्ग, विमल बराल, हिमाल पोखरेल, विष्ण्ु बाँस्तोला, कृष्णप्रसाद बाँस्तोला, लिलाधर गौतम, दिपक सुनार, अर्जुन अधिकारी (हमाल), बिरबहादुर तामाङ्ग, टिकीसरा गर्वुुजा तामाङ्ग, स्विटी केसी, सुरेश शिल्पकार, सन्तोष घिमिरे, वर्षा ढकाल, टेकबहादुर जलारी, रोशन पौडेल, सजग तिवारी, सुनिल बाँस्तोला र छवि लामिछाने रहेका छन्  । 

राप्रपा नेपालको तर्फबाट जिल्ला निर्वाचन समिति कास्कीमा सम्पर्क र समन्वय गर्न पार्टीका केन्द्रीय सदस्य सूर्यप्रसाद बाँस्तोलालाई मनोनयन गर्ने निर्णय समेत गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ