arrow

सवारी दुर्घटनामा वाईसीयल नेता पौडेलको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १४ शनिबार
Subash Poudel.jpg

पोखरा । स्याङ्जामा शुक्रबार राति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा फेदीखोला गाउँपालिका वडा नं. ४ सुर्केटारीका ३५ वर्षीय सुवास पौडेल रहेका छन् । 

पौडेल नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीयल) का केन्द्रीय स्वास्थ्य विभाग प्रमुखसमेत हुन् । वाईसीयलको बैठकमा सहभागी भएर फर्कने क्रममा उनी मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

दुर्घटना शुक्रबार राति करिब ७ बजेतिर भएको बताइएको छ । प्रहरीका अनुसार पौडेल सवार ग११प १४५० मोटरसाइकल भालुपहाडमा दुर्घटना भएको छ । दुर्घटना पश्चात् उनी वेपत्ता भएका थिए । उनी सवार मोटरसाइकल सडकमा भेटिएपछि दुर्घटना भएको पत्ता लागेको थियो ।

उनको खोजी गर्नेक्रममा आज दिउसो ३ बजेतिर उनको शव नदीमा भेटिएको फेदीखोला प्रहरी चौकीका विजय यादवले जानकारी दिए । उनका अनुसार पोखराबाट गएको रेस्क्यूको टोलीले पौडेलको शव निकाल्ने काम गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ