arrow

काग्रेस मकवानपुर : ५ सय मत गन्दा आनन्दराम पराजुलीको अग्रता

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ फागुन १७ मंगलबार
ap.jpg

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सभापतिका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

जम्मा खसेको एक हजार ७७५ मत मत मध्ये अहिले ५ सय मत गणना भएको छ ।

५ सय मत गन्दा आनन्दराम पराजुलीले १७४ मत प्राप्त गरेका छन् । त्यस्तै बुद्ध लामाले  १४८ मत प्राप्त गरेका छन् भने जयराम लामिछानेले  १५७ मत प्राप्त गरेका छन् ।

कांग्रेस मकवानपुरको नेतृत्वको लागि ३ जना चुनावी मैदानमा रहेका छन् । जसमा बुद्ध लामा र आनन्दराम पराजुली कांग्रेस संस्थापन पक्षका हुन् भने जयराम लामिछाने संस्थापन इतर पक्षका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ