arrow

कांग्रेस मकवानपुर : सभापतिको लागि पुन: निर्वाचन हुने, कसैको पुगेन ५१ प्रतिशत

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ फागुन १७ मंगलबार
congress-makwanpur-ele.jpg

हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको सभापतिका लागि पुनः निर्वाचन हुने भएको छ । सोमबार भएको निर्वाचनमा कसैको पनि ५१ प्रतिशत मतभार नपुगेकाले मतदान प्रक्रिया दोस्रो चरणमा पुगेको हो । हिजो सोमबार जम्मा खसेको एक हजार ७ सय ६९ मत मध्ये बुद्ध लामाले  ५९२ मत प्राप्त गरेका छन् ।

त्यस्तै आनन्दराम पराजुलीको ५४५ मत प्राप्त भएको छ  । जयराम लामिछानेले ५३१ मत प्राप्त गरेका छन् । 

निर्वाचन प्रक्रियामा विजयी हुन ५१ प्रतिशत मतभार पुग्नुपर्ने हुन्छ । यसरि हेर्दा बिजयी हुन ९०२ मत प्राप्त गर्नुपर्छ ।

५१ प्रतिशत मतभार कसैको नपुगेकाले अब निर्वाचन दोस्रो चरणमा गएको छ । अबको मतदान बुद्द लामा र आनन्दराम पराजुलीविच हुनेछ ।

बुद्ध लामा र आनन्दराम पराजुली कांग्रेस संस्थापन पक्षका हुन् भने जयराम लामिछाने संस्थापन इतर पक्षका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ