arrow

अस्पतालबाट डिस्चार्ज भए पेले 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १७ मंगलबार
PELE.jpg.jpeg
तस्बिर– फाइल

काठमाडौं । ब्राजिलियन फुटबल लिजेन्ड पेले अस्पतालबाट डिस्चार्ज भएका छन् । आन्द्राको ट्युमरसँगै युरिनरी ट्र्याक्ट इन्फेक्सनको उपचारका लागि उनी साओ पाउलोको अल्बर्ट आइन्टाइन अस्पतालमा भर्ना भएका थिए ।

तीन पटकका विश्वकप विजेता एकमात्र खेलाडी ८१ वर्षीय पेलेको गत वर्षको सेप्टेम्बरमा ट्युमरको शल्यक्रिया गरिएको थियो । उनी विगत सात वर्षदेखि निरन्तर बिमार छन् । 

सन् २०१५ मा पेलेको प्रोस्टेटको शल्यक्रिया भएको थियो । 

पेले ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् । उनले ९२ खेलमा ७७ गोल गरेका छन् । चारवटा विश्वकपमा गोल गर्ने चार खेलाडी मध्येका उनी एक हुन् ।

पेलेको अहिले पनि अवस्था सुधार नभएको बताइन्छ । अस्पतालले उनको स्वास्थ्य स्थिर रहेको बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ