arrow

एनआरएनएमा लफडा

संस्थापन पक्षले नै फुटायो एनआरएनए

कोरम नपुगेको आईसीसीको बैठकले गर्‍यो संरक्षक परिषद् र पाँच ठूला एनसीसी एकतर्फी खारेज गर्ने निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १९ बिहिबार
NRNA_1618131765.jpg
फाइल तस्बिर

काठमाडौँ। गैर आवासीय नेपाली सङ्घमा आफ्नो कार्यकाल पुरा गर्न लागेका अध्यक्ष कुमार पन्तले आफ्नो निधारमा कलङ्कको टिका लगाएका छन्। एउटा सानो गुटको निर्देशनमा उनले सङ्घलाई दुई टुक्रा पार्ने निर्णयहरू गराएका छन्।

विधान विपरीत जम्मा २ दिनको सूचना दिएर बुधवार बोलाइएको आइसिसी बैठकलाई अधिकांश पदाधिकारी तथा सदस्यहरूले बहिष्कार गरेका थिए। १४० बढी आइसिसी सदस्यहरू रहेकोमा ५० भन्दा कम सदस्यहरू मात्रै बैठकमा सहभागी भएका थिए।

बैठकले संरक्षक परिषद् तथा उच्चस्तरीय समिति खारेज गर्ने, ५ दिन भित्र प्रतिनिधि शुल्क नबुझाएमा अमेरिका, युके, अस्ट्रेलिया, जापान, क्यानडा लगायतका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूको आबद्धता खारेज गरी तदर्थ कार्य समिति बनाउने जस्ता एकपक्षीय र विधानको ठाडो उल्लङ्घन गर्ने खालका निर्णयहरू गरेको बताइएको छ।

प्रतिनिधि विवादका कारण गत अक्टोबर २०२१ मा हुनुपर्ने गैर आवासीय नेपाली सङ्घको दशौँ महाधिवेशन हुन नसकेकाले विवाद समाधान गरी दशौँ महाधिवेशन सम्पन्न गर्ने म्यान्डेटका साथ आइसिसीको ८१ औँ बैठकले  सङ्घका प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो। घलेले बुधवार मात्रै आफ्नो प्रतिवेदन समितिलाई बुझाएका थिए। 

सङ्घको विधान २००३ (संशोधन सहित २०२१ अनुसार) आइसिसीले संरक्षक परिषद्लाई विघटन गर्न मिल्दैन। नयाँ आइसिसी गठन भए पछि मात्रै संरक्षक परिषद् पनि नयाँ गठन हुने व्यवस्था छ।

तर एकलौटी रूपमा कथित चुनाव गराई संस्था कब्जा गर्ने उद्देश्यले अध्यक्ष पन्त लगायतले  संरक्षक परिषद् तथा उच्चस्तरीय समिति विघटन गर्ने अवैधानिक निर्णय गरेको बुझिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ