arrow

ओलीका प्रिय महेश बस्नेतलाई पार्टीभित्र अंकुश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १९ बिहिबार
shankar-pokharel-mahesh-basnet.jpg
तस्बिर– फाइल

काठमाडौं । काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन युवा संघका इन्चार्ज महेश बस्नेतलाई पार्टीभित्र अंकुश लगाइएको छ । युवा संघभित्र एकलौटी गर्न खोजेको भन्दै अध्यक्ष केपी शर्मा ओलीका प्रिय पात्र बस्नेतलाई पार्टीले नै अंकुश लगाएको हो ।

केन्द्रीय संगठन विभागले युवा संघलाई विवाद रहित ढंगले अघि बढाउन र पोखरा बैठकका निर्णयहरु संगठनको हीत अनुकुल नभएका कारण त्यसलाई कार्यान्वयन गर्न र सच्याएर अर्को सर्कुलर जारी गर्न निर्दैशन दिएसँगै बस्नेतलाई संघभित्र मनोमानी गर्न अंकुश लागेको छ । 

पार्टी महासचिव शंकर पोखरेलले विभागको निर्णय कार्यान्वयन गर्नका लागि जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकाल युवा फाँटका इन्चार्जसमेत रहेका बस्नेतलाई बोधार्थ गर्दै पत्र काटेका हुन् । 

पत्रमा २८–२९ पुसमा पोखरामा आयोजित सचिवालय बैठक पूर्वमा ४१९ सदस्यीय सचिवालयलाई महाधिवेशन आयोजक कमिटीका रूपमा कायम गर्ने निर्णय कार्यान्वयन गर्न निर्देशन दिइएको छ । ‘केन्द्रीय कमिटीका बाँकी सदस्यहरूलाई केन्द्रीय निकाय र प्रदेशको कमिटीमा समावेश गर्ने, राष्ट्रिय अधिवेशन सम्पन्न नहुञ्जेलसम्म पदाधिकारी र सदस्यको पूर्ववत् जिम्मेवारीलाई यथावत राख्ने,’ पत्रमा भनिएको छ ।

पत्रमा समायोजन र प्रवेश गरेकाहरूको हकमा संघको विधि र प्रक्रिया अनुरूप गर्न, स्थानीय निर्वाचन सम्पन्न भएपछि मात्र राष्ट्रिय युवा संघलगायतका कतिपय संगठनको अधिवेशन गर्न उपयुक्त हुने पार्टीको निर्णय भएको हुँदा सोही अनुरूप संघको संगठनात्मक गतिविधि अघि बढाउन भनिएको छ । 

पोखरामा बसेको केन्द्रीय सचिवालय बैठकले संघको ११ फागुनमा महाधिवेशन गर्नेका लागि ४०५ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाएको थियो । यो निर्णय बस्नेतले गरेको भन्दै केही नेता कार्यकर्ता असन्तुष्टि जनाएका मात्र थिएनन, उनीहरुले पार्टी अध्यक्ष, महासचिव, संगठन विभाग सबैतिर उजुरी समेत गरेका थिए । असन्तुष्ट समूहको नेतृत्व संघका उपाध्यक्षहरू रोशन बस्नेत, उर्मिला सुनुवार, अमित लामाले गरेका थिए । सो समूहमा सचिवालयका तीन दर्जनजति नेताको साथ रहेको थियो ।

उनीहरूले २८–३० पुसमा पोखरामा सम्पन्न बैठकका निर्णयमाथि प्रश्न उठाउँदै बैठक नै बहिष्कार गरेर पोखराबाट काठमाडौ आएका थिए । असन्तुष्ट समूहले अध्यक्ष केपी ओली, महासचिव पोखरेल, मोर्चा संगठनका प्रमुख भानुभक्त ढकाल, संगठन विभागका प्रमुख खगराज अधिकारीलगायतलाई भेटेर ध्यानाकर्षणपत्र बुझाउदै बस्नेतको मनोमानीविरुद्ध उत्रेका थिए । 

असन्तुष्ट समूहले नवौ राष्ट्रि महाधिवेशनको मइाण्डेट अनुसार नै अघि बढ्नुपर्नेमा युवा संघका इन्चार्जले त्यसो नगरेको भन्दै पार्टीभित्र उजुरी गरेका थिए । असन्तुष्ट समूहमा उपाध्यक्षहरू अमित लामा, रोशन बस्नेत, उर्मिला सुनुवार, विष्णुप्रसाद घिमिरे (उज्वल), तिरण गौतम, रवीन थापा, कुमार हुमागाईं, उपमहासचिव प्रकाश गौतम, राजन थापा, शिवचन्द्र सिंह, सुमित्रा बोगटी, वेगबहादुर पाण्डे, मिलन सिंह, राकेश लामालगायत तीन दर्जन नेता संगठित भएकाले पनि बस्नेतलाई निकै अप्ठेरो परेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ