- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो संस्करणमा सहभागी हुने १० वटा क्लबले मार्की र कोचको टुंगो लगाएका छन् । स्पोर्टिङ इलाम डि मेचीले मार्कीमा तेज तामाङ र कोचमा मेघराज केसीलाई लिएको छ ।
यसैगरी, बिराटनगर सिटी एफसीले मार्कीमा रन्जित धिमाल र कोचमा विष्णु गुरुङलाई लिँदा झापा एफसीले मार्कीमा अन्जन बिस्ट लिने तयारी गरेको छ ।
वीरगञ्ज युनाइटेडले मार्कीमा देवेन्द्र तामाङ र कोचमा सुलभ जंग रानालाई लिँदा बुटवल लुम्बिनी एफसीले मार्की प्लेअर विशाल श्रेष्ठ र कोचमा अनन्त थापालाई लिएको छ ।
पोखरा थण्डर्सले मार्कीमा सुजल श्रेष्ठ र कोषमा नवीन न्यौपाने, एफसी चितवनले मार्कीमा अनन्त तामाङ र कोचमा यम गुरुङ, काठमाडौ रेजर्सले मार्कीमा बिकेश कुथु र कोचमा बालगोपाल महर्जन, ललितपुर सिटी एफसीले मार्कीमा विमल घर्ती मगर र कोचमा प्रवेश कुटवाल र ।धनगढी एफसीले मार्कीमा विशाल राई र कोचमा युगल किशोर राईलाई लिएका छन् ।
यस पटक एनएसएलमा १० क्लब रहनेछन् । पहिलो संस्करणमा सात टोली रहँदा दोस्रो संस्करणमा तीन टोली थप गरिएको हो ।