arrow

वर्षौँ पुरानो घण्ट चोरी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २० शुक्रबार
rammandir-ghanta-aayodhya.jpg

काठमाडौं । अज्ञात व्यक्तिद्वारा डोटीको दिपायल सिलगढी नगरपालिका–३ दिपायल बासुधारास्थित दुर्गा भगवती मन्दिरमा चढाइएको २८ वर्ष पुरानो घण्ट चोरी भएको छ । 

दिपायल सिलगढी–१ तिखागाउँका दत्तुसिंह खड्काले विसं २०५० मा चढाउनुभएको कम्तीमा पनि ४५ किलाको घण्ट चोरी भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताए ।

उनले भने, “यही फागुन १८ गते राती उक्त घण्ट चोरी भएको खबर आएको छ, खोजीकार्यका लागि प्रहरी टोली परिचालन गरेका छौँ, कसले र किन चोरको हो यकिन गर्न सकिएको छैन ।” 

मन्दिरमा चढाइएको घण्ट चोरी भएको घटना डोटीमा पहिलोपटक भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला बाहिरबाट सामान बिक्रीका लागि आउने गैरहिन्दूले उक्त मन्दिरको घण्ट चोरेको हुनसक्ने अनुमान स्थानीयवासीले गरेका छन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ