arrow

नेपाली क्रिकेट टोली श्रीलंकामा, चार वटा एक दिवसीय खेल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २१ शनिबार
nepali-cricket-2078-11-21.jpg

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम शनिबार श्रीलंका गएको छ । युनाइटेड अरब इमिरेट्स (यूएई) मा आयोजना हुने एक दिवसीय सिरिजको तयारीका लागि नेपाली टिम श्रीलंका गएको हो । 

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टु अन्तर्गत सिरिजको तयारीका लागि नेपाली टोली श्रीलंका गएको हो । श्रीलंकामा नेपाली टोलीले श्रीलंकाको फस्ट क्लास क्लबसँग ४ वटा अभ्यास खेल खेल्ने छ ।

नेपालले सोमबार श्रीलंका नाभी, मंगलबार श्रीलंका नाभी, बिहीबार श्रीलंका पुलिस र शुक्रबार फस्ट क्लास खेलाडी सम्मलित टोलीसँग अभ्यास खेल खेल्ने छ ।

नेपालले सिरिजका लागि सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । नेपाली टोली श्रीलंकाबाटै मार्च १४ मा युएई प्रस्थान गर्ने छ ।

नेपालले सिरिजमा यूएई र पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेल्नेछ ।

सिरिजको पहिलो खेलमा नेपालले पीएनजीविरुद्ध खेल्नेछ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ