arrow

पोखराका पूर्व मेयर गणेश शेरचनको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २२ आइतबार
Ganesh Sharechan.jpg

पोखरा । पोखराका पूर्व मेयर, पूर्व क्षेत्रीय प्रशासन, पूर्व प्रधानपञ्च, राप्रपाका नेता एवं पूर्व मन्त्री गणेश शेरचनको निधन भएको छ ।  शेरचनको ७८ वर्षको उमेरमा आइतबार बिहान काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी लामो समयदेखि मधुमेह र मिर्गौलाको समस्याबाट पीडित थिए । 

शेरचन राप्रपाको संस्थापक एवम् पूर्व महामन्त्री हुन् । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले एक शोक विज्ञप्ति जारी गर्दै शेरचन ईमान्दार देशभक्त, राष्ट्रवादी व्यक्तित्व रहेको भन्दै उनको निधनबाट पार्टी र नेपालको राष्ट्रवादी आन्दोलनलाई क्षति पुगेको उल्लेख गरेका छन् । यस्तै, राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनले शेरचनको निधनबाट आफू दुःखी र स्तब्ध भएको बताएका छन् ।

पोखरा नगर पञ्चायतमा शेरचन २०३७ पछि प्रधानपञ्च भएका थिए । त्यसपछि उनी कास्कीबाट राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका थिए । शेरचन सञ्चार सहायक मन्त्री पनि भएका थिए । पोखरा अर्चलबोट निवासी शेरचन पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति भएर काम गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ