arrow

एनआरएनए महाधिवेशन : चुनावी तालिका हेरफेर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २४ मंगलबार
nrna-final.jpg

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)का पदाधिकारीहरूका लागि चुनाव गराउन सोमबारदेखि खुला गरिएको नामाङ्कन तीन दिन थप गरिएको छ।

निर्वाचन समितिले मङ्गलवार एक सूचना प्रकाशित गरी अध्यक्ष कुमार पन्तको लिखित अनुरोधको आधारमा नोमिनेशन गर्ने म्याद शुक्रवार( ११ मार्च)नेपालको समय अपराह्न ५ बजेसम्मको लागि बढाइएको जनाएको छ। 

त्यस्तै अनलाइन मतदानका लागि मार्च २१ र २२ तोकिएकोमा अब २४ र २५ मार्चमा मतदान गराइने निर्वाचन समितिका एक सदस्यले बताए। तर समितिले प्रकाशन गरेको सूचनामा त्यो उल्लेख छैन।

गैरआवासीय नेपाली सङ्घका बहुसङ्ख्यक सदस्यहरूलाई बाहिरै राखेर जबरजस्ती एक पक्षीय निर्वाचन कार्यक्रम अगाडी बढाइएपछि त्यसको संसार भरी कडा विरोध भइरहेको छ। संस्थाभित्र सहमति बनाउन म्याद थप गरिएको भनिए पनि कामचलाउ अध्यक्ष पन्तकै निर्णयका कारण संस्था विभाजनको सङ्घारमा पुगेको छ।

गत २ मार्चका दिन आइसीसीको बैठक बोलाएर अध्यक्ष पन्तले संरक्षक परिषद् तथा उच्चस्तरीय समिति भङ्ग भएको दावी गरेका थिए।

तर आइतबार बसेको राष्ट्रिय समन्वय परिषद् (एनसीसी)का अध्यक्षहरूको बैठकले विधान विपरीत बोलाइएको उक्त बैठकका निर्णयहरूको कुनै कानुनी हैसियत नरहेको भन्दै प्रमुख संरक्षक शेष घले तथा संरक्षक परिषद्लाई समस्याको समाधान गरी दशौँ महाधिवेशन गराउन आग्रह गरेका थिए।

प्रतिनिधि सम्बन्धी विवादकै कारण गत अक्टोबर २०२२ मा हुनु पर्ने सङ्घको दशौँ महाधिवेशन अझै हुन सकेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ