arrow

महिला दिवसको कार्यक्रममा किन गइनन् राष्ट्रपति भण्डारी ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २४ मंगलबार
vidya-devi-bhandari-final.jpg
तस्बिर– फाइल

काठमाडौं । पछिल्लो केही वर्षदेखि महिला तथा बालबालिका मन्त्रालयले महिला दिवसको दिन हरेक वर्ष औपचारिक कार्यक्रम गर्ने गर्छ । यस्तो औपचारिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा राष्ट्र प्रमुखलाई  बोलाउने गरिएको छ । र त्यस्तो कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी हरेक वर्ष जाने गरेकी छिन् । 
 
यस वर्ष पनि राष्ट्रपति भण्डारीलाई प्रमुख अतिथिको रुपमा कार्यक्रममा बोलाउन महिला मन्त्रालयका सचिव तथा उच्च कर्मचारीहरुले केही दिन अघि राष्ट्रपति कार्यलयमै गएर निमन्त्रणा दिएका थिए ।  कार्यक्रम राष्ट्रिय सभा गृहमा गर्ने भनिएको थियो । उक्त कार्यक्रमको विशेष अतिथिमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाइएको थियो । 

प्रधानमन्त्रीलाई विशेष अतिथिको रुपमा बोलाइएको उक्त कार्यक्रममा राष्ट्रपति उपस्थित हुन अस्वीकार गरिन् । महिला मन्त्रालयका एक सहसचिवले भने, ‘हामीले प्रमुख अतिथिको रुपमा राष्ट्रपतिलाई बोलाएका थियौं ।  तर विशेष कारण देखाएर राष्ट्रपतिज्यू उक्त कार्यक्रममा नआउने जानकारी गराइयो ।’ 

राष्ट्रपति आउन नमानेपछि उक्त कार्यक्रममा प्रमुख अतिथिमा प्रधानमन्त्री शेरबहादुर देउवालाई  नै बनाइएको थियो । जबकि महिला मन्त्रालयले पोहोर साल प्रज्ञा प्रतिष्ठानमा गरेको यस्तै कार्यक्रममा राष्ट्रपति प्रमुख अतिथि भइ उपस्थिति भएकी थिइन् । 

उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाइएको थियो । ओली कार्यक्रममा सहभागी भएका थिए । 

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले मंगलबार राष्ट्रपतिको औपचारिक कुनै कार्यक्रम नभएको बताए । महिला मन्त्रालयले बोलाएको–नबोलाएको बारेमा आफूलाई जानकारी नभएको उनले सुनाए । 

त्यसो त देउवा प्रधानमन्त्रीमा नियुक्त हुँदा संविधानको धारा उल्लेख नगरिएको विषयमा विवाद उत्पन्न भएको थियो । राष्ट्रपति भण्डारी पछि धारा उल्लेख गरेर पत्र पठाउन वाध्य भएकी थिइन् । 

उक्त पत्र पाएपछि मात्र शपथ ग्रहण गरेका देउवाप्रति सहज नभएकी भण्डारी शपथ सकिएपछि बिदा नै नभई हिँडेकी थिइन् । 

त्यसअघि २०७४ सालको निर्वाचनपछि राष्ट्रिय सभा सदस्य पदमा मनोयनका लागि सरकारका तर्फबाट देउवाले गरेको तत्कालीन सिफारिसलाई राष्ट्रपति कार्यालयले अस्वीकार गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ