arrow

आईसीपी एकीकृत भन्सार कार्यालय अलौंका भन्सार प्रमुख पौडेल राजश्व दोहनमा

logo
दिपेन्द्र चौहान, 
प्रकाशित २०७८ फागुन २५ बुधबार
275184270_466941478429380_3781122606152173520_n.jpg

वीरगञ्ज । आईसीपी एकीकृत भन्सार कार्यालय अलौंका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले आधा दर्जन कर्मचारीहरु परिचालित गरी राजस्व दोहन गरिरहेको आरोप लागेको छ। विगत पाँच महिनादेखि व्यापार सहजीकरण शाखाका अधिकृतत्रय मधु खनाल, रामराज चौरसिया र माधवप्रसाद पौडेल, नासुद्वय नरहरी घिमिरे, शशिधर भट्टराई र गोदाम तथा यार्ड ब्यवस्थापन शाखाका खरिदार रामकैलाश रायको टोलीले प्रतीत पत्र खोलेर झिकाइएको माल समेतमा झमेला खडा गरेर राजस्व भन्दा पनि गोजी भर्ने अभियानमा लागेको गम्भीर आरोप छ । 

भारतबाट झिकाइएको अन्डर बिलिङ सामानहरुमा व्यापक राजस्व चुहावट गरी सुगम परिवहन, बिक्रान्त रोडवेज, पवन पुत्र ट्रान्सपोर्ट, पशुपति रोड कैरियर्सलाई ‘लाइन’ दिइएको छ । तस्करी तन्त्रलाई बढावा दिने प्रमुख भन्सार अधिकृतको ‘लाइन’ मा राजस्व अनुसन्धान पथलैयाका नासुद्वय प्रेम सेढाई र अर्जुन कार्कीले खुलेर सघाइरहेको स्रोतको दाबी छ । 

आईसीपी एकीकृत भन्सार कार्यालय अलौंका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले आधा दर्जन कर्मचारीहरु परिचालित गरी राजस्व दोहन गरिरहेको आरोप लागेको छ। सीपीबाट छुटेको ना ६ ख ९९९५ नम्बरको मालबाहक कन्टेनरबाट ४० लाख र ना ३ ख ३९४४ नम्बरको ट्रकबाट ५० लाख, ना ५ त ५४९४ नम्बरको ट्रयाक्टरबाट १६ लाखको अबैध माल नेपाल प्रहरी र शसस्त्र प्रहरीले समातेर यही साता राजस्व अनुसन्धान पथलैयामा पठाएको घटनाले पनि आईसीपीमा भइरहेको अपचलनको पुष्टि गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालयद्वारा राजस्व छली गरी पठाइएका ट्रकहरु स्थानीय प्रहरीले समातेर राजस्व अनुसन्धान पथलैयामा पठाए पनि सेटिङ भएकोले प्रायः विना कारबाही सामान छुट्ने गरेको प्रहरीकै गुनासो छ ।

भन्सारमा विगत एक दशकदेखि निरन्तर रजगज गरिरहेका खरिदार रामकैलाश आफ्नो निजी स्कॉर्पियो गाडीमा कार्यालय आउजाउ गर्छन् । वीरगञ्जमा भ्रष्टाचार गरी काठमाडौं शंखमुलमा रायले विशाल महल बनाएको चर्चा कर्मचारीहरुबीच हुने गर्दछ ।



नयाँ