arrow

श्रीलंकाली टिमविरुद्ध नेपालको विशाल योगफल 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २६ बिहिबार
nepal-cricket-srilanka-2022.jpg

काठमाडौं । अभ्यास खेलका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिसविरुद्ध विशाल योगफल तयार पारेको छ । 

आज कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेसँगै आक्रमक शुरुआत गरेको नेपालले ३३२ रनको लक्ष्य प्रस्तुत गरेको हो । निर्धारित ५० ओभर खेलेको नेपालले सात विकेट गुमाउँदै ३३१ रन बनायो । 

नेपालका चार ब्याटरले अर्धसतक बनाए । ओपनरद्वय कुशल भर्तेल र आसिफ शेखले क्रमशः ५७ र ५२ रन जोडे । यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका रोहितकुमार पौडेलले सर्वाधिक ७२ रन बनाएर आउट हुँदा करण केसी ५३ रनमा अविजित रहे । 

यस्तै आरिफ शेखले ३५, कमलसिंह ऐरी ४५ रनमा अविजित रहँदा बिनोद भण्डारीले ३ बन बनाए ।  

यसअघि नेपालले पहिलो खेलमा श्रीलंका नेभीविरुद्ध १११ र दोस्रो खेलमा ८२ रनको जित निकालेको थियो । 

अभ्यासपछि नेपाली टिम १४ मार्चमा संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्नेछ । जहाँ नेपालले विश्वकप लिग(२ प्रतियोगिता खेल्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ