arrow

राष्ट्रपति मर्माहत : सवारी दुर्घटना घटाउनेतर्फ ध्यान दिन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २६ बिहिबार
bidhyadevi.jpg

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सवारी दुर्घटना घटाउनेतर्फ विशेष ध्यान दिन सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी छन् । 

सङ्खुवासभाको मादीमा भएको आज भएको बस दुर्घटनामा १५ जना यात्रीको मृत्यु भएको खबरले आफू मर्माहत भएको बताउँदै राष्ट्रपतिले शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेकी छन् । साथै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । 

केहीबेरअघि ट्वीट गर्दै राष्ट्रपतिले “सवारी दुर्घटना न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन सम्बद्ध पक्षको ध्यान आकृष्ट गराउँछु”, भनेकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ