arrow

नेता बानियाँद्वारा कालिदेवी प्राविका विद्यार्थीलाई पोशाक वितरण

logo
रविन्द्र गौतम
प्रकाशित २०७८ फागुन २६ बिहिबार
275266643_3211816279092226_5075644830215054199_n.jpg

मकवानपुर। जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ मा रहेको कालीदेवी प्राविमा अध्ययनरत ६० जना विद्यार्थीलाई आज (बिहीबार) पोशाक वितरण गरिएको छ ।

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले उक्त विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत ६० जना विद्यार्थीलाई पोशाक वितरण गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय थिङको सभाध्यक्षता एवम् नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको प्रमूख आतिथ्यतामा विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको हो ।

नेता बानियाँले यसअघि पनि विभिन्न स्थानका विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई न्यानो कपडा तथा पोशाक वितरण गर्दै आएका थिए । पोशाक वितरण कार्यक्रममा समाजसेवी शंकर न्यौपाने, विद्यालय प्रधानाध्यापक विष्णु खड्का, नेता बानियाँको स्वकिय सचिव मिलन पुडासैनी लगायतको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ