arrow

नेपालको श्रीलंकाली टिमविरुद्ध ह्याट्रिक जित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २६ बिहिबार
nepal-cricket-srilanka-2022.jpg
तस्बिर– फाइल

काठमाडौं । अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले  अभ्यास खेलमा श्रीलंका पुलिसमाथि १४४ रनको फराकिलो जित हात पारेको छ ।

नेपालले दिएको ३३२ रनको लक्ष्य पछ्याएको श्रीलंका पुलिस ३६ ओभर ५ बलमा  १८७ रनमै सेमेटिएपछि नेपालले लगातार तेस्रो जित निकालेको हो । श्रीलंका पुलिसका कप्तान सी सिल्भाले सर्वाधिक ६४ रन बनाए । यस्तै एस मौर्याले ५०, एल वेभिताले ३७ रनको योगदान गरे ।

नेपालको जितमा करण केसीले ३ विकेट लिए । यस्तै सागर ढकाल, कमल सिंह ऐरी तथा कप्तान सन्दीप लामिछानेले समान २–२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३३१ रनको विशाल योगफल तयार पारेको थियो । श्रीलंका पुलिसविरुद्ध नेपालका चार खेलाडीले अर्धशतक पूरा गरेका थिए  ।  

रोहित पौडेलले  सर्वाधिक ७२ रन बनाए । कुशल भुर्तेलले ५७ रन,  करणले ५३ रन तथा आसिफ शेखले ५२ रनको योगदान गरे । यस्तै कमल सिंह ऐरीले अविजित ४५ रन, आरिफ शेखले २६ बनाए ।

नेपालले यसअघिका दुवै खेलमा शानदार जित निकालेको थियो । तर त्यो जित बलिङबाट मात्र सम्भव भएको थियो । ब्याटिङ चम्केको यो खेलबाटै हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ