arrow

‘बालमैत्री गाउँपालिका’ घोषणा

logo
रविन्द्र गौतम
प्रकाशित २०७८ फागुन २६ बिहिबार
makwanpur-gadhi.jpg

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई ‘बालमैत्री गाउँपालिका’ घोषणा गरिने भएको छ । गाउँपालिकालाई बालमैत्री घोषणाको अन्तिम चरणमा पुगेको बालमैत्री घोषणा कार्यक्रम संयोजक रामप्रसाद दाहालले जानकारी दिएका छन् ।

बुधबार अन्तिम सुचक मापन तथा बालमैत्री दिगोपनाको रणनितिक योजना निर्माण गर्ने कार्यशाला गरिसकिएको बताउँदै उनले शुक्रबार वडाहरु बालमैत्री घोषणा गरिने र आउँदो चैत १२ गते शनिबार सिङ्गो गाउँपालिका नै बालमैत्री घोषणा गरिने बताए ।

वडालाई बाल विवाहण्मुक्त, निकृष्ट बालश्रममुक्त वडा घोषणा पश्चात वडालाई बालमैत्री घोषणा गरिने उनले बताए । गाउँपालिकाले अनुगमन र मूल्यांकनपछि कार्यपालिकाको बैठक बसेर गाउँपालिकाको ८ वटै वडा घोषणा गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले बताए ।

उनले वडाहरु घोषणा पश्चात गाउँपालिका घोषणा गर्न सबै सुचकहरु जिल्ला समन्वय समिति र बागमती प्रदेश सरकारले अनुगमन, मूल्यांकन गरेपछि १२ गते शनिबार बृहत कार्यक्रमको आयोजना गरी ‘बालमैत्री गाउँपालिका’ घोषणा गरिने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ