- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको न्युन प्रभाव छ । बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली छ ।
दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन,चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
गण्डकी, बागमती र प्रदेश १ का उच्च हिमालीको भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ ।